काठमाडौं । एनएमबि बैंकले प्रदान गर्दै आएका डिजिटल तथा कार्ड सम्बन्धी सेवाहरू आगामी मंसिर ४ गतेदेखि ६ गतेसम्म अस्थायी रूपमा अवरुद्ध हुने भएका छन् । बैंकले एक जरुरी सूचना जारी गर्दै आफूले प्रयोग गरिरहेको कोर बैंकिङ्ग प्रणालीमा आवश्यक अपडेट, अपग्रेड तथा मर्मत कार्य गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुन लागेको जानकारी दिएको हो ।
बैंकका अनुसार २०८३ मंसिर ४ गते शुक्रबार राति ८:०० बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १:३० बजेसम्म बैंकबाट जारी भएका सबै डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाहरू अस्थायी रूपमा बन्द रहनेछन् । सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रणाली स्तरोन्नति तथा मर्मत कार्य गर्न लागिएको बैंकले जनाएको छ ।
प्रणाली मर्मतका कारण सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै धैर्यता र सहकार्यका लागि अनुरोध गरेको छ । साथै, यस अवधिमा कुनै थप जानकारी वा सहयोग आवश्यक परेमा बैंकको सम्पर्क नम्बर ०१-५९७०१५० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।




Comment