काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज ऐतिहासिक त्रिपक्षीय बैठक हुने भएको छ।
बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन बुधबार राति नै चीन पुगिसकेका छन्। दोस्रो विश्वयुद्धपछि विश्वका तीन शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखबीच पहिलोपटक औपचारिक त्रिपक्षीय भेटवार्ता हुन लागेको हो।
यस बैठकलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। विशेषगरी चीनले अमेरिका र रुसजस्ता विश्वका प्रमुख शक्तिराष्ट्रलाई एउटै वार्ताको टेबलमा ल्याएर आफ्नो बढ्दो विश्वव्यापी प्रभाव प्रदर्शन गर्न खोजेको विश्लेषण गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले यस भेटमार्फत विश्व समुदाय र विशेषगरी आफ्नै नागरिकलाई चीन अन्तर्राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने शक्तिका रूपमा स्थापित भएको सन्देश दिन चाहेको देखिन्छ।
साथै, विश्वका प्रमुख शक्तिराष्ट्रहरूले चीनको नेतृत्व र भूमिकालाई स्वीकार गर्दै उसको महत्त्वलाई सम्मान गरिरहेको देखाउनु पनि बेइजिङको रणनीतिक उद्देश्य हुन सक्ने विश्लेषण गरिएको छ।
यस त्रिपक्षीय बैठकले अमेरिका, चीन र रुसबीचको सम्बन्ध तथा आगामी विश्व राजनीतिको शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।




Comment