कोरोनाको डरले ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ ।

नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । उनले भने– ‘विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ ।’

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु. २५ लाख विनियोजन गरेको छ । 

चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रण अहिले विश्वका करिब ५३ देशमा फैलिइसकेको छ । चीनमा अहिले संक्रमण कम भएको छ । तर, अन्य देशमा तीव्र गतिमा फैलिएको छ । 

विश्व स्वास्थ्य संठनले कोरोना जतिबेला पनि फैलन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

संगठनले नेपाललाई पनि जोखिमको सूचीमा राखेको छ । सोही जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल भ्रमण वर्ष २०२० का विदेशलक्षित सबै कार्यक्रम रोकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।