सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ : विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारले सिंहदरबार र बालुवाटारमा रमिता देखाइरहेको आरोप लगाएका हुन् ।

‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि राख्दै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले भने ।

पत्रकारहरूले आफ्ना विमति र असन्तुष्टि खरो रूपमा प्रस्तुत गरिरहेको अपेक्षा गरेको उल्लेख गर्दै शर्माले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि आफ्ना असहमति र असन्तुष्टि व्यक्त गर्न सक्नुपर्ने बताए ।

उनले पत्रकारहरूले सत्तापक्ष वा प्रतिपक्ष जहाँ भए पनि आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै स्वतन्त्र रूपमा प्रश्न उठाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।