काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिक र प्रहरीबीचमा ठुलो दूरी रहेकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् ।
गुरुङले नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि धारणा राख्दै यस्तो बताएका हुन् ।
‘नागरिकसँग कसरी नजिक हुन सकिन्छ? भन्ने विषयमा हाम्रो ध्यान जान जरुरी छ । विगतको तुलनामा अहिले नागरिक र प्रहरीबीचको ग्याप कम हुँदै गएको छ । तर, यसलाई थप घटाउनुपर्ने देखिन्छ,’ गुरुङले भने, ‘यस कार्यमा अगाडि बढ्नका लागि नवनियुक्त आईजीपीलाई निर्देशन पनि दिन चाहन्छु ।’
उनले प्रहरी र नागरिकबीचको दूरी सुमधुर हुन आवश्यक भएको बताए ।




Comment