काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्से ५.४५ अंकले घटेको थियो । त्यसअघि बिहीबार नेप्से ३१.५४ अंक र बुधबार ३३.२९ अंकले बढेको थियो ।
आज नेप्सेमा कुल ७ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ८ अर्ब ८२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।




Comment