काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार तीन हजार ९९५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले घटेको हो ।




Comment