काठमाडौै । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन । यस्तो प्याकेज अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ ।
टेलिकमले मंगलबारदेखि आगामी मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने जानकारी दिएको छ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट ८ज्ञद्धज्ञछ८ढ३ डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ ।
नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनसमेत रहेको टेलिकमका सहप्रवक्ता प्रक्षेप थापा क्षेत्रीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।




Comment