काठमाडौं । देशको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउदै वीर गोर्खाली नामक संस्थाको आयोजनामा बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्यालीको आयोजना गरिएको छ ।
राजतन्त्रको पक्षधर र विभिन्न हिन्दुवादी संस्थामा आबद्ध व्यक्तिहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्यालीको आयोजना गरिएको हो ।
उक्त अवसरमा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे । उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए ।
यसअघि असोज २४ गते काठमाडौंमा पनि यस्तै र्यालीको आयोजना गरिएको थियो । संस्थाले यस्तो अभियान देशका अन्य ठाउँहरु पनि गर्ने जनाएको छ ।
Comment