काठमाडौं । एप्पल इन्टरटेन्मेन्टले नयाँ हरर फिल्म ‘भिडियोटेप’ निर्माण गर्ने घोषणा गरेको छ। निर्देशक ओविद उद्दिनको डेब्यु निर्देशन रहने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ।
फिल्ममा उपासना सिंह ठकुरी र कुन्दनमान शाक्य मुख्य भूमिकामा रहनेछन्। करिब ४ करोड रुपैयाँ बजेटमा बन्ने फिल्म ३० दिनको तालिकामा छायांकन गरिने बताइएको छ।





Comment