ब्राउन सुगरसहित युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका १०‚ भुडाँमैलीमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका १‚ रौलेश्वरका २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा मंगलबार साँझ पक्राउ गरेको हो।

‘ड्युटी’मा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा साउँदका साथबाट १४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।