आज मिति २०८३ वैशाख १३ आइतवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

२०८३ वैशाख १३ गते (२६ अप्रिल २०२६) आइतवार, वैशाख शुक्लपक्ष दशमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

मेषः

पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो होला । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नु राम्रो पक्ष हुनेछ ।

वृषः

रमाइलो यात्राको योग रहेको छ । साहसीक काम गरेर अरूको मन जित्न सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।

मिथुनः

सहयोगी हातहरु अघि बढ्नेछन् । इच्छा र आकांक्षा पूरा हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्नेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ ।

कर्कटः

आज परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । सत्कार तथा मानसम्मान प्राप्त हुनेछ । सभा समारोहमा सहभागिताको अवसरले मन हर्षित रहनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ ।

सिंहः

आज गोपनीयता बाहिरिनाले केही समस्या आइपर्न सक्नेछ । चोट पटकको संभावना पनि रहेकोछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन हुनेछ ।

कन्याः

विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । सन्तान सुख प्राप्त हुनका साथै भाग्योदय तथा पदोन्नतिको समेत सम्भावना देखिन्छ । खानपिनको मामलामा मन ज्यादा मोहित हुने देखिन्छ ।

तुलाः

तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आज विशेष फलदायी रहनेछ । सरकारी क्षेत्रबाट विशेष लाभ मिल्नाले मन प्रसन्न हुनेछ । ब्यापार ब्यावसायबाट प्रसस्त अर्थोपार्जन हुनेछ ।

बृश्चिकः

आज रमाइलो यात्रा हुने दिन छ । व्यापार व्यवसाय फस्टाउने छ । रोकिएका काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । आफन्त तथा परिवारजनको साथले उत्साह जगाउनेछ ।

धनुः

काममा ढिलासुस्ति हुनेछ । वादविवाद हुन सक्नेछ, सतर्क रहनु होला । मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ ।

मकरः

मान प्रतिष्ठा बढ्ने योग रहेको छ । अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख सहयोग प्राप्त हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

कुम्भः

मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् । कृषि तथा पशुपालनबाट लाभ हुनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ काम थाल्न पनि शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

मीनः

मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । राजनैतिक क्षेत्रमा फलदायी समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।