मिर्गौला समस्याबाट जुधिरहेकी लक्ष्मी लामा मगरका लागि आर्थिक सहयोगको अपील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। भोजपुर जिल्लाको आमचोक गाउँपालिका–१० निवासी ३६ वर्षीया लक्ष्मी लामा मगर यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग जुझिरहेकी छन्। हाल उनी काठमाडौँस्थित अस्पतालमा उपचाररत छिन्।

पाठेघर तथा पत्थरीको शल्यक्रिया सम्पन्न भएको केही समयपछि उनको मिर्गौलामा गम्भीर समस्या देखिएपछि अवस्था झन् जटिल बनेको हो। चिकित्सकहरूले थप उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक पर्ने बताएका छन्, जसका कारण उनको परिवार गहिरो आर्थिक संकटमा परेको छ।

तीन वर्षअघि श्रीमान्‌लाई मस्तिष्क ट्युमरका कारण गुमाएकी लक्ष्मी त्यसयता आफ्ना साना बालबालिकाको एक्लो सहारा बनेर संघर्ष गर्दै आएकी थिइन्। तर आज उनी आफैँ जीवनको कठिन मोडमा उभिएकी छन्, र उनका नाबालक सन्तानहरू आमाको स्वास्थ्य लाभको आशामा प्रतीक्षारत छन्।

हालको परिस्थितिमा उपचार खर्च जुटाउन असमर्थ भएपछि परिवारले देश तथा विदेशमा रहेका सहयोगी मनहरूसँग सहयोगका लागि भावपूर्ण अपिल गरेको छ। “यहाँहरूको सानो सहयोगले पनि हाम्रो ठूलो पीडा कम हुनेछ,” परिवारले जनाएको छ।

सहयोग तथा सम्पर्कका लागि:
सम्पर्क नम्बर: ९७६६५१६९३५ / ९८४९८३७४६९
ठेगाना: आमचोक–१०, भोजपुर (हाल: काठमाडौँ)

परिवारले सम्पूर्ण दयालु हृदय भएका व्यक्ति, समाजसेवी तथा संघ–संस्थाहरूलाई गच्छेअनुसार सहयोग गरी लक्ष्मीको जीवन रक्षामा साथ दिन हार्दिक अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।