‘रोल नं १’ मा शिक्षाका लागि ग्रामीण परिवारको सपना र संघर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेभेन सिज सिनेमाले निर्माण गरेको चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले सार्वजनिक गरेका दुई पोस्टरले ग्रामीण परिवेश, अभावमा पनि शिक्षा पाउन संघर्षरत विद्यार्थी र अभिभावकको कथा प्रस्तुत गर्छन्।

पहिलो पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मीसँग अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी देखिएका छन्। पहाडी विद्यालय, बालकको झोला, अभिभावकको श्रमले विद्यार्थीको सपनालाई बोकिएको सन्देश दिँदै पोस्टरले सिर्जनशील भावनालाई उजागर गरेको छ। अर्को पोस्टरमा बालक बुबाको पिठ्युँमा आराम गर्दै, कपीलाई भविष्यको प्रतिकका रूपमा देखाइएको छ, जसले ग्रामीण विद्यार्थीका पठन–सामग्री जुटाउने संघर्षलाई जनाउँछ।

जोन योञ्जनले निर्देशन गरेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीलगायतको अभिनय छ। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन्। म्याग्दीका ग्रामीण भेगमा छायांकन गरिएको यो चलचित्र आगामी जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।