‘सिन्दुरे जात्रा’को चार मिनेट लामो ट्रेलर सार्वजनिक, मंसिर १८ देखि प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल निर्देशित नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार काठमाडौंस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा प्रेम, सामाजिक विभेद र पितृसत्तात्मक सोचका कारण महिलाले भोग्नुपरेको नियतिको कथा प्रस्तुत गरिएको छ। पिरियड ड्रामामा आधारित चलचित्रमा विजय बराल ‘बाबुराम’, अञ्जना बराइली ‘लक्ष्मी’ र विनोद न्यौपाने ‘डिल्लीराम’को भूमिकामा देखिएका छन्। ट्रेलरमा डिल्लीरामले बाबुराम र लक्ष्मीको प्रेममा सिर्जना गर्ने अवरोधले कथालाई रोचक बनाएको छ।

‘पूर्णबहादुरको सारंगी’पछि निर्देशक पौडेल र अभिनेता विजय बरालबीच भएको पुनः सहकार्यलाई चलचित्रको विशेष पक्षका रूपमा हेरिएको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन तथा निर्देशक पौडेलकै कथा रहेको चलचित्रमा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा नेम महर्जनले निर्माण गरेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र प्रशान्त सिवाकोटीको संगीत रहेको छ।

‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।