निफको तयारी पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि ২৩ गतेसम्म हुने भएको छ। ‘विश्वका कथाहरूको उत्सव’ नारासहित फ्युचर फर्वाड थिममा आयोजना हुने महोत्सवका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

उद्घाटन समारोह सिभिल मलमा हुनेछ, जहाँ प्रमुख अतिथि सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत रहनेछन्। विशेष अतिथि बलिउड निर्देशक रमेश सिप्पी १८ गते नेपाल आउनेछन्। उनीसँगै कलाकार किरण जुनेजा र निर्माता निलकण्ठ रेग्मी पनि सहभागी हुनेछन्।

चैत २० गते पर्यटन बोर्डमा ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ कार्यक्रम हुनेछ। महोत्सवभर पाँच दिने एआई फिल्म वर्कसप, फिचर पिच, र १० वटा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुनेछन्।

यस संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा छन्। ६ चिनियाँ र ४ रुसी फिल्म विशेष प्रदर्शनमा रहनेछन्। रसियन फिल्म डेज र सिजाङ प्यानोरमा अन्तर्गतका फिल्म पर्यटन बोर्ड, रसियन हाउस र छाया सेन्टरमा निशुल्क हेर्न सकिनेछ। प्रतिस्पर्धात्मक फिल्म भने सिभिल मल र छाया सेन्टरमा सशुल्क प्रदर्शन हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।