आँचलको जन्मदिनमा ‘एक मुठी बादल’  को टिजर सार्वजनिक (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल’ को टिजर सार्वजनिक गरिएको छ। आँचलको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो।

टिजरमा आँचलले वाचन गरेको कविता ‘पोम्पोईको फूल’ समावेश गरिएको छ, जुन निर्देशक सहारा शर्माको कृति ‘छिपछिपे सम्झना’ मा आधारित रहेको बताइएको छ।

आँचलले यो चलचित्र आफ्नो जीवनसँग नजिक भएकाले विशेष रहेको बताएकी छन्। फिल्ममा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ।

अभिमन्यु दीक्षित निर्माता रहेको यो चलचित्र गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन्। फिल्म जेठ १ गते रिलिज हुने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।