‘दीपक मनाङे’ जेलमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्।

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट छुटेका हुन्।

उनीमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।