काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुरबाट मधुबन नगरपालिका ७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका ६ गुवाबारीबाट सोही गाउँपालिका ६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका ४ बाट सोही उपमहानगरपालिका १८ का जेम्स राई र सोही उपमहानगरपालिका १७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन्। दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बाट सोही नगरपालिका ७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीबाट राक्सिराङ गाउँपालिका ६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका २ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका २ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका १९ धामी चोकबाट सोही उपमहानगरपालिका १९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका १२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका १ अमौरीबाट जानकी गाउँपालिका २ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ। बाँके, कोहलपुर नगरपालिका ११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन्। कास्की, पोखरा महानगरपालिका ९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Comment