सरकार हाई सन्चाे छ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकार हामिलाइ हाई सन्चाे छ।

याे साल ऋण छ थाप्लाेमा ,

पाेहाेरकाे भन्दा धेरै।

ईलम छैन ।

क्या सुख छ,

क्या काईदा छ,

टन्न भुँडी चर्किने गरि खायाे।

सुत्याे ,

सपना देखिन्छ पैसै पैसा भएकाे,

ब्युझियाे ,

सरकार टुप्ल्क्क आउँछ,

फेरि सुत्ने ओखति दिन्छ।

सारा कुरा निद्रा मै छ 

सरकार निदाउछ 

हामी निदाउछाै,

आहा क्या मजा छ।

राेग छ बेसार पानी रन्काएर पिऊ

जिऊ नै पहेँलो हुनेगरि,

राेग आफै राेकिन्छ।

जिऊ तङ्रिन्छ।

अनि बिस्तारै पिताम्बर ओडेर 

आर्यघाट तिर लागिहाल ।

चितामा लम्पसार परिहाल।

किनकि तिमीलाई जलाउन काेहि आउने छैन।

क्या गजब मेसाे छ ।

सरकार हाम्लाई हाई सन्चाे छ।

नेता कट्टु फुस्किने गरि कराउँछ।

कट्टु फुस्किन्छ,

उसले कट्टु तान्छ ईज्जत जाेगाउँछ,

हामिलाई कट्टु भित्र के छ देखाउँछ।

हाम्राे ईज्जत जान्छ।

क्या दाऊकाे जमाना छ ।

सरकार हामिलाई हाई सन्चाे छ।

प्रल्हाद पुडासैनी
नुवाकोट

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।