मूलपानी गोलीकाण्ड: दिनभर सवारी चालक, मध्यरातदेखि संगठित लुटेरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानी क्षेत्रमा संगठित रूपमा लुटपाट गर्दै आएको १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राति विशेष अपरेसनका क्रममा गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति दिउँसो ट्याक्सी तथा अन्य सवारी साधन चलाउने र राति मोटरसाइकलमा समूह बनाएर सडकमा निस्कँदै लुटपाट गर्ने गरेका थिए। उनीहरूले एक्लै हिँडिरहेका सर्वसाधारणका सुनका गहना थुत्ने तथा फुटपाथमा व्यापार गर्नेहरूलाई समेत लुट्ने गरेको पाइएको छ।

लुटपाटको सूचना पाएपछि खटिएको विशेष टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएको र एक जना घाइते भएको जनाएको छ। उक्त समूह विगत तीन महिनादेखि काठमाडौंका विभिन्न क्षेत्रमा सक्रिय रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार गिरोहको स्वयम्भू, महाराजगञ्ज, बुढानीलकण्ठ, बौद्ध, गौशला र ठिमी क्षेत्रमा भएका दर्जनौँ घटनामा संलग्नता देखिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।