सरस्वती पूजाको अवसरमा सलिना विकले ल्याइन् ‘सरस्वती वन्दना’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरस्वती पूजाको अवसर पारेर आज (माघ ९ गते) ‘सरस्वती वन्दना’ गीत सार्वजनिक गरिएको छ।

गायिका सलिना विकले नै कम्पोज गरेको यो भक्ति वन्दनामा ध्रुव केसीका शब्द छन्।

गायनमा सलिनालाई बाल गायक सम्यन्त प्रधानले साथ खिएका छन्।

ज्ञान, बुद्धि, संगीत र शिक्षाको दिव्य प्रतीक देवी सरस्वतीलाई समर्पित गर्दै यो सरस्वती वन्दना सार्वजनिक गरिएको उनीहरूले बताएका छन्।

सरस्वतीको कृपाले सबैमा विचारको स्पष्टता, सृजनशील चेतना र आत्मिक प्रबोधन प्राप्त होस् भन्ने कामना गर्दै यो भक्तिपूर्ण रचना विद्यार्थी, शिक्षक, कलाकार तथा ज्ञान र विवेकको खोजीमा रहेका सबै साधकका लागि आशीर्वाद प्राप्त गर्ने विनम्र प्रयास भएको उनीहरूको भनाइ छ।

भिडिओ-

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।