आज मिति २०८२ साल माघ ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ माघ ९ गते (२३ जनवरी २०२६) शुक्रवार, माघ शुक्लपक्ष पञ्चमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः५६ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ८ः०३ बजेपछि मीन।

मेषः

व्यापार व्यवसायबाट अपेक्षित लाभ नहोला । बादविवादको सम्भावना देखिन्छ, सचेत रहनुहोला । स्थानान्तरण र टाढाको यात्राको सम्भावना देखिन्छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्नेछ ।

वृषः

शैक्षिक, कृषि एवं व्यापारिक काम कारोबारमा प्रगतिको समय छ । मिष्ठान्न भोजनमा रमाईएला । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

मिथुनः

सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ ।

कर्कटः

आज यात्राको सम्भावना देखिन्छ । चोट पटकको संभावना रहने छ, इष्टदेवको स्मरण गर्नुहोला । कृषि, भूमिसम्बन्धी कार्यहरूमा लाभ हुने संकेत छन् । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।

सिंहः

व्यापार व्यवसायमा लगानि गर्ने समय छैन, तनाव सृजना होला । पापकर्ममा मन जाला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्नेछ । खर्चमा वृद्धि हुनाले मन खिन्न रहने छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।

कन्याः

श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । विपरीत लिङ्गबाट साथसहयोग प्राप्त हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । भाग्योदय तथा पदोन्नतिको पनि समय परेको छ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ ।

तुलाः

घरजग्गाको कारोबारबाट फाइदा मिल्ने दिन रहेको छ । शत्रु वर्गको मेख मर्ने समय छ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्नेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः

सामाजिक एवं राजनैतिक कार्यमा बाधा देखिन्छ । आजको दिन मायाजालमा नपरकै राम्रो । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

धनुः

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्तेछन् । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ, होशियारी अपनाउनु होला । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । रोकिएका काम दोहोर्याउनु राम्रो पक्ष हुनेछ ।

मकरः

साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ ।

कुम्भः

स्त्रीवर्गको सहयोगले ठूलो काम बन्नेछ । शैक्षिक एवं व्यवसायीक कार्यबाट सन्तुष्ट भईनेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्नेछ ।

मीनः

मानसम्मानको योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।