काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपरमार्केट आगामी मंसिर ५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको लुटपाट तथा आगजनीपछि बन्द रहेको सुपरमार्केट पुनः सञ्चालनमा आउन लागेको हो ।
लामो समयदेखि बन्द रहेको दमक शाखा पुनः सञ्चालनमा आउने भएपछि स्थानीय उपभोक्तामा उत्साह थपिएको छ । सुपरमार्केट सञ्चालनमा आएसँगै दमक तथा आसपासका क्षेत्रका उपभोक्ताले पुनः एकै स्थानबाट विभिन्न दैनिक उपभोग्य सामग्री तथा अन्य वस्तु खरिद गर्न पाउने भएका छन् ।
यसअघि गत कात्तिक १९ गते भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोराबुहारीले दमक शाखामा विधिपूर्वक रुद्री तथा चण्डी यज्ञसहित पूजा–अर्चना गरेका थिए ।
आगामी मंसिर ५ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीसँगै भाटभटेनीको दमक शाखा पुनः आफ्नो सेवा सुरु गर्ने अन्तिम तयारीमा रहेको छ ।




Comment