यी हुन् कांग्रेसका १६५ उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक विवादका कारण उम्मेदवार छनोटमा ढिलाइ भएको नेपाली कांग्रेसले अन्तिम समयमा आएर प्रतिनिधिसभा निर्वाचनका लागि सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदै उम्मेदवारी दर्ता गराएको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। थापा यसअघि काठमाडौँ–४ बाट निर्वाचन लड्दै आएका थिए।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपटक निर्वाचन नलड्ने निर्णय गरेका छन्। उनले यसअघि चुनाव लड्दै आएको डडेल्धुरा निर्वाचन क्षेत्रबाट नैनसिंह महरले कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, सुनसरी–३ बाट विजयकुमार गच्छदार, नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल र नवलपुर–१ बाट गजेन्द्र घलेले कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तासँगै कांग्रेसले चुनावी तयारीलाई औपचारिक रूपमा पूर्णता दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।