रि-रिलिज भएको ‘शोले’ ले एकसातामा कति कमायो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउडको क्लासिक फिल्म ‘शोले: द फाइनल कट’ ले रि–रिलिजको पहिलो सातामै घरेलु बक्सअफिसमा डेढ करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ। ५० वर्ष पूरा भएको अवसरमा पुनः प्रदर्शनमा आएको यस फिल्मले दर्शकको उत्साहपूर्ण प्रतिक्रिया पाएको छ।

सन् १९७५ मा रिलिज भएको ‘शोले’ भारतीय चलचित्र इतिहासकै प्रभावशाली फिल्ममध्ये एक मानिन्छ। फोके र डल्बी ५.१ साउन्डसहित पुनःनिर्माण गरिएको यस संस्करणको अवधि २०९ मिनेट छ र यसमा पहिले सेन्सर बोर्डले हटाएको ठाकुर–गब्बरको अन्त्य दृश्य पनि समावेश गरिएको छ।

रमेश सिप्पी निर्देशित यस फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको स्मरणीय अभिनय रहेको छ। नेपालमा भने यो फिल्म पुस १ गतेदेखि प्रदर्शनमा आएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।