डिजेल प्रतिलिटर ४ रुपैयाँले घट्दा पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर ६। ९३ ले घटेर तथा पेट्रोलमा १। ९४ ले बढेर आएको छ ।

निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेलरमट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आउँदा किन ४ रुपैयाँ मात्रै मूल्य घटेको हो भनेर निगमका प्रवक्ता मनोजकुमार ठाकुरलाई प्रश्न गर्दा उनले १ महिना पहिले डिजेलमा ७ रुपैयाँ मूल्य वृद्धि हुँदै ४ रुपैयाँ मात्रै वृद्धि गरेको बताए ।

उनले भने, ‘१ महिना पहिले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य वृद्धि भएर आएको बेला ४ रुपैयाँ मात्रै मूल्य वृद्धि भएको थियो । अहिले त्यहीँ मूल्य मिलाउन ७ रुपैयाँ घटेर आउँदा ४ रुपैयाँ मात्रै घटाएको हो ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।