काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’ले नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरेको छ। स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द, समीर/हिमालको कम्पोज र बसन्त सापकोटाको पुनः प्रतिवादमा तयार गीतमा गरिमा अधिकारीको स्वर छ।
गीतको भिडियोमा मुख्य कलाकार साइमन वादी, खगेन्द्र लामिछाने र वर्षा राउतलाई देख्न सकिन्छ। रिलिजसँगै बाल कलाकार साइमनको प्रस्तुति चर्चामा रहँदै आएका छन्।
साइमन र वर्षा विभिन्न हलहरूमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। शनिबार पोखरा एभेन्जर्सका खेलाडीहरूले समेत फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन्।
एकता पौडेलद्वारा निर्देशित यो उनको डेब्यु निर्देशन हो। रेग्मीकी भान्जी पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरेकी हुन्।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्तलगायत कलाकारको अभिनय छ। आलोक शुक्ला (छायांकन), समीर/हिमाल–बसन्त सापकोटा–एलिश कार्की (संगीत) र लोकेश बज्राचार्य (सम्पादन) सहित अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिज ब्यानरमा फिल्म बनेको हो।

Comment