काठमाडौं । सेलिब्रेटी टाइम्सको ब्यानरमा बनेको डकुड्रामा ‘मौन’ को टिजर कम्पनीको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको छ। टिजरमा अटिजमको संवेदनशील पक्षलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
निर्माता–निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।
डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्टलगायतका कलाकारको भूमिका देख्न सकिन्छ। कथा लेखक रामशरण पाठकले लेखेका हुन्।
जेन्जी आन्दोलनका कारण केही समय रोकिएको विशेष शो अब पुनः सुरू गर्ने तयारी भइरहेको निर्देशक ज्ञवालीले बताए। डकुड्रामा स्कुल–कलेज तथा समुदायलाई अटिजमबारे सचेत गराउने उद्देश्य रहेको छ।

Comment