एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कीर्तिपुरस्थित किक्रेट रंगशालामा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण चलिरहेको बेलामा सट्टेबाज गर्ने ८ जना भारतीय पक्राउ परेका छन् ।

बेटाकुलर डट लाइभ नामक साइटबाट हारजित हुने गरी रकम लगानी गर्ने ८ जना भारतीयलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका २६ मा बसोबास गर्ने भारत आन्ध्र प्रदेश प्रकाशम पामुर गाउँका ३१ वर्षीय राजु यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सोख सोयब, ३० वर्षीय नभिन मड्डेला, कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरी टोलीले सट्टेबाजी गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

खेलाडीलाई हारजीतको प्रलोभन देखाउने दिलप्रित सिंह र रेविका सिंह ठकुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।