काठमाडौं । सामसङ नेपालले जाडो महिनालाई लक्षित गरेर वार्म विन्टर अफर घोषणा गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ ।
अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।
ग्राहकहरूले ७ किलोग्राम देखि १२ किलोग्राम सम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वासिङ मेसिनमा अधिकतम २३ प्रतिशत इन्स्टयान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सिङ्गल डोर, डबल डोर र साइड बाइ साइड सामसङ रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध रहेको छ ।
सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी दिएको छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ ।
ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत सामसङ होम अप्लायन् ०% ब्याजदरमा ईएमआईमा किन्न सक्छन् । साथै नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहनेले आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।

Comment