विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या, हजारौं प्रयोगकर्ता प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार विश्वभरका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्न समस्या भोगेका छन्। आउटेज ट्र्याकिङ सेवा डाउनडिटेक्टरका अनुसार फेसबुकमा समस्या देखिएपछि हजारौं प्रयोगकर्ताले आफ्नो खातामा पहुँच पाउन सकेनन्।

प्रयोगकर्ताहरूले फेसबुकको डेस्कटप संस्करण चलाउन नसकेको, साथै मेसेन्जरमार्फत फोटो, भिडियो तथा सन्देश पठाउन कठिनाइ भएको बताएका छन्। कतिपयले लगइन गर्न खोज्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको प्राविधिक समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोस्।’ भन्ने सन्देश देखिएको जानकारी दिएका छन्।

फेसबुकसँगै इन्स्टाग्राममा पनि पहुँच र सेवा प्रयोगसम्बन्धी समस्या देखिएको छ। प्रयोगकर्ताले फिड लोड नहुने, खाता स्वतः लगआउट हुने तथा एप र वेबसाइट सुस्त चल्ने गुनासो गरेका छन्।

समस्या देखिएपछि धेरै प्रयोगकर्ता वैकल्पिक सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा गएर गुनासो तथा प्रतिक्रिया जनाइरहेका छन्। यस घटनाबारे मेटाले तत्काल प्राविधिक कारण सार्वजनिक गरेको छैन। यद्यपि कम्पनीले सेवामा आएको समस्याबारे जानकारी रहेको र समाधानका लागि काम भइरहेको जनाएको थियो।

डाउनडिटेक्टरमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर सम्बन्धी हजारौं रिपोर्ट दर्ता भएका छन्। पछिल्ला यस्ता घटनाहरूमा प्राविधिक त्रुटि, सर्भर समस्या वा नेटवर्क कन्फिगरेसनका कारण सेवामा अवरोध आउने गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।