काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।
कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Comment