सिटिजन लाइफको अवार्ड वितरण तथा सिप अभिवृद्धि कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पूर्व, मध्यपश्चिम र काठमाडौं उपत्यकाका क्षेत्रीय स्तरमा अवार्ड वितरण तथा सिप अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले भदौ २१ गते सोल्टी वेस्टएन्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्यपश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिलमा मध्य क्षेत्रका लागि अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोसिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ प्रोफेसनल लिडर तयार पार्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए ।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ब्रोन्ज क्लब क्वालिफायरलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा हिरो अफ द डे उपाधि प्राप्त लिडरलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए ।

कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको आयोजना गरिएको थियो, जहाँ लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा प्रस्तुति दिए ।

निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।