टेलिकमले चित्लाङमा पुर्यायो एनटी फाइबर सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर सेवा पुर्याएको छ ।

थाहा नगरपालिका ९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा मंगलबार १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालनमा ल्याएको छ । ये सेवासँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ ।

ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल रेडियो ब्याकहउलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइवर ब्यकहउलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको नेपाल टेलिकमले रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।