काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा सक्रिय कम्पनी डिशहोम ले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यो सहकार्यअन्तर्गत, डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले काठमाडौं उपत्यकाभित्रका सबै डल्ले आउटलेटहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यस साझेदारीपछि डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै शाखामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यो सुविधा लिन ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। उक्त एप गुगल प्ले स्टोरबाट डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गरेपछि कार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

Comment