काठमाडौँका यी ठाउँमा २ महिनासम्म भेला र प्रदर्शन गर्न निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न स्थानमा दुई महिनासम्म भेला, धर्ना, जुलुस र प्रदर्शनजस्ता विरोध कार्यक्रम गर्न निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने व्यवस्था गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) अनुसार जारी आदेशले राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, उपराष्ट्रपति कार्यालय लैनचौर, नारायणहिटी दरबार क्षेत्र, राष्ट्रबैंक चोकलगायत संवेदनशील क्षेत्रमा विरोध प्रदर्शन रोकिएको छ।

प्रशासनका अनुसार, तोडफोड, आगजनी, भिडन्त वा अशान्ति हुन सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको हो। आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।