साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रौतहटको एक विद्यालयका प्रधानाध्यापक साढे ४ लाख घुससहित पक्राउ परेका छन् ।

रौतहटको धरहरीमा रहेको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

संजयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा एक जनाले रितपूर्वक दर्खास्त दिए पनि संजयले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द पनि पक्राउ परेका छन् ।

अख्तियारका अनुसार उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका-१३ स्थित अदालत रोडको एक होटेलबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।