‘मैझारो’को नयाँ गीत ‘साकेला नाचौं’ सार्वजनिक, दर्शकको उत्साहपूर्ण प्रतिक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दसैँको पूर्णिमाको अवसर पारेर फिल्म मैझारो मा समावेश दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक गरिएको छ। राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा पदम साधना कुलुङले शब्द लेखेका छन् भने संगीत तोरेम्पाहाङ राईले भरेका छन्।

ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरले साकेला नृत्य प्रस्तुत गरेका छन्। पूर्वी नेपालका राई समुदायको सांस्कृतिक नृत्य ‘साकेला’ लाई गीतमार्फत आकर्षक रूपमा देखाइएको छ।

विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बनेको मैझारो लिम्बू–राई समुदायबीचको प्रेमकथामा आधारित नेपाली मौलिक फिल्म हो। कात्तिक ७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मले यसअघि सार्वजनिक पोस्टर, टिजर र गीतमार्फत राम्रो चर्चा बटुलिसकेको छ।

फिल्ममा धिरज, मिरुना, दीया पुनसँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।