काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । बाढीले सडक काटेको, पुलहरूमा क्षति पुर्याएको, कजवे बगाएको, पहिरोले बाटो अवरुद्ध भएको लगायत कारण यातायात सञ्चालन हुन नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले काठमाडौं छिर्ने र बाहिरिने सबै नाका प्रभावित भएका छन् । रातिको समयमा थप जोखिम हुने हुँदा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीको सूचना
१.सवारी साधन होल्ड गरिएको सम्बन्धमा
मिति २०८२।०६।१८ गते अं.०७ः०० बजेको समय देखी अबिरल बर्षाको कारण काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकावाट बिभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभए सम्मको लागी दुबैतर्फका सवारी साधन होल्ड गरिएको ।
२.विपि र अरनिको राजमार्गमा सवारी साधन होल्ड गरिएको सम्बन्धमा ।
मिति २०८२।०६।१८ गते अं.०८ः३० बजेको समयमा जिल्ला काभ्रे अन्तर्गत बिपि र अरनिको राजमार्गमा अबिरल बर्षातको कारणले धुलिखेल देखि प्र.चौ. दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको ।
३. रसुवाः बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको ।
मिति २०८२।०३।२४ गते अं.०३ः०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. २ स्थित रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द भएको ।
मिति २०८२।०६।१६ गते अ.१७ः४० बजे जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अबरोध भएको ।
मिति २०८२।०६।१६ गते अ.०७ः०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ बालुवाखानि, र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्णरुपमा अवरोध भएको ।
४. संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।
मिति २०८२।०२।०६ गते १२ः०० बजेको समयमा संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।
५. संखुवासभा मकालु गा.पा.३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरोध भएको ।
मिति २०८२।०५।१५ गते जिल्ला संखुवासभा मकालु गापा ३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको।
६. काभ्रे, वि.पि राजमार्ग बन्द रहने सम्बन्धमा ।
मिति २०८२।०६।१६ गते बिहिबारदेखि ऐ.२१ गते मंगलबारसम्म (६ दिन) साँझ १७ः०० बजेदेखि अर्को दिन बिहान ०५ः०० बजेसम्म विपि राजमार्ग पूर्णरुपमा बन्द रहने ।
७.अरनिको राजमार्गमा भासिन गई अवरुद्ध भएको
मिति २०८२।०६।१६ गते अं.१०ः१० बजेको समयमा सिन्धुपाल्चोकको भोटकोशी गा.पा.वडा नं.४ चारकिलोस्थित अरनिको राजमार्गमा अं.२ मिटर सडक भासिन गई सडक अवरुद्ध भएको, थप अपडेटः (ऐ।१७ गते अं.१७स्०० बजे सानो सवारी साधन चल्ने, ठुलो सवारी साधन नचल्ने गरी सड्क सुचारु भएको । थप अपडेटः ऐ.१८ गते अं.०८ः१५ बजेको समयमा अं.१५ मिटर लम्बाई र अं.१ फिट गहिराई सडक भासिन गई सडक पूर्णरुपमा अबरुद्ध भएको ।
८. विपि राजमार्ग माथिबाट ढुंगा खसी बाटो दुबै तर्फअबरुद्ध भएको
मिति २०८२ः०६।१८ गते अ.११ः०० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा.११ माम्तीखोला, ऐ।डालावेशी ऐ.बुलढुंगास्थित विपि राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुबैतर्फी अबरुद्ध भएको ।
९. सिद्धिचरण लोकमार्ग पूर्णरुपमा अबरुद्ध भएको ।
मिति २०८२।०६।१८ गते परेको अबिरल बर्षाको कारण ऐ.११ः१० बजेको समयमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षती पुगी लोकमार्ग पूर्णरुपमा अबरुद्ध भएको ।
१०. फाखेल हुमाने काठमाण्डौ सडकखण्ड अबरुद्ध भएको ।
मिति २०८२।०६।१८ गते १३ः०० बजेको समयमा मकवानपुर इन्द्रसरोवर गा.पा.४ महालक्ष्मी खोलास्थित फाखेल हुमाने काठमाण्डौ सडकखण्डमा ढुङगा माटो लेदो सहितको पहिरो माथीबाट खसि बाटो पूर्णरुपमा अवरोध भएको ।
११. नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी बाटो एकतर्फी अबरोध भएको ।
जिल्ला चितवन इच्छाकामना गा.पा.६ नाम्चेखोला र इच्छाकामना गा.पा.५ तुइनखोलास्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथीबाट पहिरो खसी बाटो एकतर्फि अबरोध भएको साथै उक्त सडकखण्डमा सबारी आबगमन होल्ड गरिएको ।
१२. कान्तिलोकपथ दुईतर्फी अबरोध भएको ।
बागमती गाउँपालिका ०३ टाकुचेस्थित बाटो माथीबाट पहिरो आई पूर्णरुपमा बन्द भएको ।
१३. कुलेखानि सिस्नेरी दक्षिणकाली काठमाण्डौ सडकखण्ड दुईतर्फी अबरोध भएको ।
मिति २०८२।०६।१८ गते १५ः३५ बजेको समयमा मकवानपुर इन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजारस्थित कुलेखानि सिस्नेरी दक्षिणकालि(काठमाण्डौ सडकखण्डमा डोढारे खोलामा पानिको बहाब बढ्न गई सडकमा आई बाटो पूर्णरुपमा अवरुद्ध भएको ।
१४. पृथ्वी लोकमार्ग अबरुद्द भएको ।
मिति २०८२।०६।१८ गते अं.१६ः३६ बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.५ घाटबेसी तथा ऐ मिति अं.१६ः०५ गजुरी गा.पा.६ जहरेखेत पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई पूर्णरुपमा बन्द भएको ।
१५. पृथ्वी लोकमार्गमा पूर्णरुपमा अबरुद्द भएको ।
जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा १० जवाङखोलास्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको साथै उक्त सडकखण्डमा सवारी आबगमन होल्ड गरिएको ।
१६. मध्यपहाडी लोकमार्ग अबरोध भएको ।
जिल्ला धनकुटा पाख्रीबास नपा ५ दिकुरेस्थित मध्य पहाडी लोक मार्गमा अबिरल वर्षाका कारण सडक भाँसिएको र बाटो माथि बाट पहिरो खसिरेकोले जोखीम हुने भएकोले तत्काल बाटो बन्द गरिएको ।
१७. मध्यपहाडी लोकमार्ग अबरोध भएको ।
जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. ०६ नागस्थान स्थित मध्य पहाडी लोकमार्गमा बर्षात को कारण ढुंगा,माटो र लेदो सहित को पहिरो आई बाटो दुईतर्फी नै बन्द भएको तथा पानी परिरहेको कारण तत्काल पहिरो पन्छाउन नसकिने ।
१८. मध्यपहाडी लोकमार्ग अबरोध भएको ।
मिति २०८२।०६।१९ गते अ.०१ः३० बजेको समयमा जिल्ला सिन्धुली मरिण गापा वडा नं.०२ सिन्दुरे दोभानस्थित मदन भण्डारी राजमार्गमा अविरल बर्षाको कारण ढुङ्गा ,माटो साहितको पहिरो गई बाटो दुईतर्फी अवरोध भएको ।
१९. कोशी लोकमार्ग अबरोध भएको ।
मिति २०८२।०६।१८ गते दिउसो १०ः०० बजेदेखि परेको बर्षाको कारण पहिरो गई जि धनकुटा साँगुरीगढि गाउपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र ऐ वडा नं ६ को घण्टे र सिमसुवा गरी ३ ठाउमा बाटो अवरोध भएको ।
Comment