प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच बुढानीलकण्ठमा ५ घण्टा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछाने निवासमा पाँच घण्टा लामो भेटवार्ता भएको छ।

भेटमा समसामयिक राजनीति, सरकारको कार्यसम्पादन, मन्त्रीहरूको भूमिका, अध्यादेश, आगामी संसद् अधिवेशन तथा पार्टी संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए। साथै, आगामी निर्वाचनको तयारी, पार्टी प्रशिक्षण अभियान र स्थानीय तह तथा प्रदेश निर्वाचनको रणनीतिबारे पनि छलफल भएको जनाइएको छ।

पछिल्लो समय सरकार र पार्टीबीच समन्वय तथा सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटपछि दुवै नेताबीच सम्बन्ध सुधार र सरकार सञ्चालनमा थप समन्वयको संकेत देखिएको विश्लेषण गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।