असाेज ८ गते बुधवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
२०८२ असाेज ८ गते बुधवार, २४ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष तृतीया तिथि। चित्रा नक्षत्र, १५ः२९ बजेपछि स्वाती। चन्द्रराशि तुला।

आजको राशिफल

मेषः
आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ । प्रेम सम्बन्धमा भने रमाइलो वातावरण बन्नेछ ।

वृषः
शत्रुमाथि विजय हुने समय रहेको छ । सुख दुःखले कर्मलाई निरन्तरता दिनुपर्ला । छोटो मिठो यात्राको अवसर पनि मिल्न सक्नेछ । राज्यपक्षबाट विशेष सहयोग प्राप्त हुने समय छ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुनेछ ।

मिथुनः
माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । शैक्षिक एवं राजनैतिक क्षेत्र कमजोर रहला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ ।

कर्कटः
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । व्यापार व्यवसायमा पनि सोचेअनुसार हुनेछैन । बाटो काट्दा विशेष साबधानी अप्नाउनु होला । प्रतिष्ठित काम गरेर अवसरहरु हात पार्ने समय रहेको छ ।

सिंहः
नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्नेछन् । शैक्षिक एवम् राजनैतिक क्षेत्रमा उन्नति प्रगतिको समय रहेको छ ।

कन्याः
वादविवादमा प्रतिस्पर्धीहरू हावी हुने समय छ । आँखामा खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहन सक्नेछ । कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नु नै उचित हुने देखिन्छ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

तुलाः
समय निकै उत्साहजनक रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने योग रहेको छ ।

बृश्चिकः
आन्तरिक विवाद झन् बढ्नेछ । राजनीतिक खिचातानीमा फसिनेछ । माटो सम्बन्धी कार्य मध्यम रहला । प्रेम सम्बन्ध भने सुदृढ बन्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

धनुः
तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त हुनेछ । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । आँटेताकेका कामहरु सहजै सम्पन्न हुने समय रहेको छ । बैदेशिक क्षेत्र फलदायी नै देखिन्छ ।

मकरः
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।

कुभ्मः
रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । प्रेमी÷प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

मीनः
अप्ठ्यारो समयमा सहयोगीहरूले साथ नदिन सक्छन्, तर काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । जप, तप, साधना तथा सिद्धि जस्ता कुराहरुमा वृद्धि हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा विशेष सजग रहनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।