नक्खु कारागार प्रशासनले भन्यो– रवि लामिछानेसहित फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन कारागार प्रशासनले अपिल गरेको छ।

कारागार प्रशासनले कानुनी प्रक्रिया तथा विधिको पूर्ण पालना गर्न आग्रह गर्दै सार्वजनिक अपिल जारी गरेको हो। प्रशासनले सम्पर्कमा नआए फरार अवस्थाको निरन्तरता मानिने र कानुनअनुसार थप कडाइका साथ सजाय कार्यान्वयन हुने चेतावनीसमेत दिएको छ।

रास्वपा सभापति रवि लामिछानेसहितका कैदी आन्दोलन चर्किएसँगै नख्खु जेलबाट बाहिरिएका थिए। लामिछानेले आफूलाई कारागार प्रशासनले विधिपूर्वक छाडेको दाबी गरे पनि कारागार प्रशासनले भने सबै फरार कैदीलाई आत्मसमर्पण गर्न औपचारिक सूचना जारी गरेको हो।

प्रशासनले सूचनामा भनिएको छ, “विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीलाई अपिल गरिन्छ।”

त्यससँगै सम्पर्कमा नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।