विधान महाधिवेशनमा असम्बन्धित विषय नतान्न ओलीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई असम्बन्धित विषयतर्फ नतान्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

ललितपुरको गोदावारीमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणलगायतका प्रसंग महाधिवेशनको विषय नभएको स्पष्ट पारे। उनका अनुसार त्यस्ता विषय केन्द्रीय कमिटी वा सचिवालय बैठकमार्फत टुंग्याइने छन्।

ओलीले भने, “यहाँ विधि–विधानसँग सम्बन्धित प्रश्नमा मात्र छलफल हुन्छ, अन्य विषय सचिवालय वा पदाधिकारी बैठकमा राख्न सकिन्छ।”

उनले प्रस्तुत प्रतिवेदनहरूबारे समूहगत छलफल गर्न पर्याप्त समय दिइएको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिन प्रतिनिधिहरूलाई अनुरोध गरे। साथै, उनले महाधिवेशन कार्यतालिका अनुसार अघि बढ्ने भएकाले अनावश्यक बहस नगर्न पनि प्रतिनिधिहरूलाई सचेत गराए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।