एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले बुधवार बेइजिङमा आयोजित भव्य सैन्य परेडको अवलोकन गर्दै चीनको उदयलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
एभेन्यु अफ इटर्नल पीसमा पंक्तिबद्ध सैनिक र हातहातियारको अवलोकन गर्दै कालो ओपन टप लिमुजिन गाडीबाट सीले सैनिकहरूलाई सम्बोधन गर्दै भने, ‘कमरेडहरू, तपाईंले कडा मेहनत गर्नुभएको छ ।’
सैनिकहरूले एकै स्वरमा जवाफ दिँदै भने, ‘हामी जनताको सेवा गर्छौं ।’
‘चीनको महान् पुनर्जागरणलाई कसैले रोक्न सक्दैन,’ सीले भने, ‘शान्ति र मानवजातिको विकास जस्तो महान् उद्देश्यको विजय अवश्य हुनेछ ।’
सीले विश्वस्तरीय सेना बनाउनुपर्ने आह्वान पनि गरेका छन् । जनमुक्ति सेनालाई आधुनिकीकरण गरी युद्ध जित्नका लागि तयार पार्नुपर्ने उनको भनाइ छ ।
चीनले सीको शासनकालमा सेनालाई निकै बलियो बनाएका छन् । चिनियाँ सेना एसियामा सबभन्दा शक्तिशाली त छँदैछ, कतिपय क्षेत्रमा त यो अमेरिकी सेनाभन्दा पनि बलियो रहेको विश्लेषकहरू बताउँछन् ।
सन् १९७९ मा भियतनामसँग छोटो युद्ध गरेयता चिनियाँ सेना कुनै पनि युद्धमा संलग्न छैन ।
Comment