आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ भदाै ११ गते बुधवार, २७ अगस्ट २०२५। भाद्र शुक्लपक्ष चतुर्थी तिथि, १४ः०८ बजेपछि पञ्चमी। हस्त नक्षत्र, प्रातः ५ः५९ बजेपछि चित्रा। चन्द्रराशि कन्या।
आजको राशिफल
मेष: आफन्तसँग मनमुटाव बढ्न सक्छ। आज काल योग परेकोले सवारी साधन चलाउँदा विशेष ख्याल गर्नुहोस्। घर–जग्गा कारोबारमा घाटा हुनसक्छ। राजनीति वा समाज सेवामा जनताको आलोचना झेल्नुपर्छ।
वृष : तपाईँको कमजोरीको अरुले फाइदा उठाउन सक्छन्। प्रेम सम्बन्धमा अरुको नकारात्मक टिप्पणीले अविश्वास बढ्न सक्छ। स्रोत–साधन प्रयोग गर्दा सचेत हुनुहोस्। समयमा काम पूरा गर्न मुस्किल पर्ने देखिन्छ।
मिथुन: आज समय शुभ छ। लगानीबाट मनग्य आम्दानी हुनेछ। विभिन्न अवसर प्राप्त भई उत्साह बढ्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ। सवारी साधन प्राप्त गर्ने योग छ।
कर्कट: समय अनुकूल छ। मन प्रसन्न रहनेछ। व्यापारमा थप लगानी गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा ध्यान दिनुहोस्। ज्ञान प्राप्ति गर्ने शुभ समय छ।
सिंह : आजको समय शुभ छ। अध्ययनमा प्रगति हुनेछ। प्रतिस्पर्धामा अगाडि रहन सक्नुहुन्छ। परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ।
कन्या : काममा सहकर्मीबाट असहयोग हुन सक्छ। यसले गर्दा मान–प्रतिष्ठामा असर पर्न सक्छ। परिवारभित्रका मानिसहरूले तपाईँको बदनाम गर्न खोज्न सक्छन्। नाफा कमाउन केही समय पर्खनुपर्नेछ।
तुला: समय शुभ छ। लगानी गर्ने वातावरण बन्नेछ। व्यापार–व्यवसायबाट राम्रो आम्दानी हुनेछ। अध्ययनमा सकारात्मक नतिजा हात लाग्नेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।
वृश्चिक: समय मध्यम खालको छ। पैसा माग्ने मानिसबाट सजग रहनुहोस्। काम बिग्रन सक्ने हुँदा त्यसको प्रभाव लामो समयसम्म रहनेछ। आज काल योग भएकाले सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। सम्बन्धमा चिसोपन बढ्न सक्छ।
धनु: सत्रुहरू हावी हुन सक्छन्। न्यायसँग सम्बन्धित काम गर्दा सचेत रहनुहोस्। खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा खटपट आउन सक्छ भने दाम्पत्य जीवनमा टुटफुटको सम्भावना छ। सन्तानसँग पनि मनमुटाव बढ्न सक्छ।
मकर: समयको मूल्य नबुझ्दा समस्या निम्तिन सक्छ। आफ्नै कारणले मान–सम्मानमा असर पर्न सक्छ। व्यापार–व्यवसाय फस्टाउने संकेत छन्। विद्यामा सफलता पाउन संघर्ष गर्नुपर्नेछ।
कुम्भ: आज शुभ समय छ। नयाँ काम वा लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि अनुकूल दिन छ। वैदेशिक कार्य वा योजना प्रारम्भ गर्दा लाभ हुनेछ।
मीन: समय शुभ छ। भौतिक सम्पत्ति र सवारी साधन प्राप्त गर्ने योग छ। अरुको मन आकर्षित गर्न सक्नुहुन्छ। काल योग भएकाले यात्रा नगरे उत्तम हुन्छ, विशेष गरी उत्तर दिशाको यात्रा शुभ छैन। आर्थिक कारोबारमा सफलता मिल्नेछ, पाउनुपर्ने धन प्राप्त हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment