सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, सार्वजनिक ऋण जीडीपीको ४३.७१ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार, सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। असार मसान्तसम्मको तथ्यांकअनुसार यसमा बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड रहेको छ।

प्रतिवेदनअनुसार, अघिल्लो वर्ष कुल सार्वजनिक ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.७१ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा यो वृद्धि भई ४३.७१ प्रतिशत पुगेको छ। आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा रु. ३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने रु. २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ। यसरी कुल ८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ, जुन गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर रहेको छ।

बाह्य ऋण परिचालनमा पनि वृद्धि देखिएको छ, जसअनुसार सरकारले चालु आर्थिक वर्षमा रु. १२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ। साथै, असार मसान्तसम्म नेपाल सरकार, प्रदेश र स्थानीय तहका खातामा जम्मा रु. १३० अर्ब ७३ करोड नगद मौज्दात रहेको छ, जुन अघिल्लो वर्षकै सोही अवधिको रु. ९३ अर्ब ९६ करोडको तुलनामा उल्लेखनीय रूपमा बढेको हो।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको ऋण व्यवस्थापनमा निरन्तरता रहेको देखाउँदा, कुल सार्वजनिक ऋणको जीडीपीमा हिस्साको वृद्धिले दीर्घकालीन आर्थिक चुनौतीहरू औंल्याएको छ। आगामी दिनमा ऋणको दिगो व्यवस्थापन र स्रोतको प्रभावकारी उपयोगमा केन्द्रित नीतिहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।