एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। क्यानका अनुसार, एनपिएलको दोस्रो संस्करण पनि राजधानी काठमाडौंमै सञ्चालन हुनेछ।

पछिल्लो वर्ष सम्पन्न पहिलो संस्करण निकै भव्य र सफल भएको क्यानको मूल्यांकन छ। उक्त संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हात पार्न सफल भएको थियो।

यस वर्षको संस्करणमा पनि उत्कृष्ट प्रतिस्पर्धा हुने विश्वास गरिएको छ। सहभागी टिम, खेल तालिका र खेलाडी ड्राफ्टबारे भने थप जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ।

नेपाल प्रिमियर लिग घरेलु टी–२० क्रिकेट प्रतियोगिता हो, जसले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।