कहिले बाँडफाँड हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ (प्राथमिक शेयर) अर्को साता मात्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार प्राप्त आवेदनहरूमध्ये डुप्लिकेट आवेदनहरूको प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया अझै जारी रहेकाले बाँडफाँड प्रक्रिया केही ढिलो हुने भएको हो।

क्यापिटलले आईपीओको प्रि-अलोटमेन्ट कार्य बिहीबार सम्पन्न गर्ने तयारी गरेको छ। निर्धारित योजना अनुसार सबै प्रक्रिया समयमै सम्पन्न भएमा आगामी आइतबार बाँडफाँड हुने सम्भावना रहेको बताइएको छ। यद्यपि सफ्टवेयरमा प्राविधिक समस्या देखिएमा १–२ दिन ढिलो हुन सक्ने क्यापिटलले जानकारी दिएको छ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै आईपीओ निष्काशन गरिसकेको छ।

माबिलुङ इनर्जी लिमिटेडमा हाल एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ। यद्यपि यस आईपीओ निष्काशनपछि उनीहरूको स्वामित्व हिस्सामा कमी आउनेछ।

कम्पनीले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। परियोजना निर्माणको खर्च जुटाउन कम्पनीले पब्लिक शेयर निष्काशनमार्फत पूँजी संकलन गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।