निजी क्षेत्रको मनोबल बढेसँगै अर्थतन्त्रमा सुधार देखिन थालेको महासंघ अध्यक्ष ढकालको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै गएकाले त्यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पनि देखिन थालेको बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औं नाडा अटो शो–२०२५ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्लो समय बजारमा माग वृद्धि भइरहेको र आर्थिक सूचकहरूमा सुधार देखिन थालेको उल्लेख गरे।

“अटो शोले अर्थतन्त्रमा पुर्‍याएको योगदान एकदमै महत्त्वपूर्ण छ,” अध्यक्ष ढकालले भने, “पछिल्ला केही वर्षयता अर्थतन्त्र सुस्त हुँदा त्यसको असर समग्र क्षेत्रमा परेको थियो। तर, यो वर्षदेखि बजारमा माग वृद्धि भएको छ र निजी क्षेत्रको मनोबल पनि सकारात्मक बन्दै गएको छ।”

उनले बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रहेको, साथै नीतिगत रुपमा सहजता अपनाइएको कारणले समग्र अर्थतन्त्र चलायमान बन्दै गएको बताए।

विद्युतीय सवारीसाधनको आयात वृद्धि तर्फ इन्कित गर्दै उनले भने, “पछिल्लो समय विद्युतीय सवारीको आयात जुन गतिमा भइरहेको छ, त्यो हाम्रो लागि सकारात्मक संकेत हो। आगामी दिनहरूमा अझ सहज नीति लागू हुने हो भने बजार अझ मजबुत बन्नेछ।”

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको १७औं संस्करणको अटो शो भदौ ८ गतेसम्म सञ्चालन हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।